प्रमुख समाचार
विद्यालय अनुगमन प्रतिवेदन : २०७४
नगर कार्यपालिकाको निर्णय अनुसार नगरपालिका भित्रका ६१ वटा सामुदायिक र १६ वटा सस्थागत विद्यालयहरु र केहि बालविकास केन्द्रहरुको स्थलगत रुपमा अनुगमन गरी दरबन्दी मिलान, विद्यालय मर्ज, कक्षा घटाउने वा थप गर्ने लगायतको कार्य गर्ने गरी निमित्त प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा शिक्षा शाखा संयोजक, स्रोतव्यक्ति र प्रशिक्षकसहित चार सदस्य टोलिले करिब एक महिनाको समय लगाई तयार पारेको प्रतिवेदन नगर शिक्षा समितिले केहि सुझाव सहित पारित गरी आगामी नगर कार्यपालिकाको बैठकमा पेश गर्ने निर्णय गरियो । प्रतिवेदन सम्बन्धमा केहि सल्लाह सुझाव भए यहि फाल्गुन २४ गते भित्र नगरपालिकामा लिखित रुपमा पेश गर्नुहुन सबैको जानकारीको लागि अनुरोध छ । प्रतिवेदनमा उल्लेख भए अनुसार
- ६१ वटा सामुदायिक विद्यालयहरुमध्ये ९ वटा पूर्ण रुपमा मर्ज, १६ वटाको कक्षा घटाउने र बाकि विद्यालयहरुलाई यथावत राख्ने ।
- अनुमति नलिई संचालनमा रहेका १६ संस्थागत विद्यालयहरुमध्ये १४ वटालाई बन्द गर्ने । बाकि २ वटालाई संस्थागत विद्यालय संचालन सम्बन्धि मापदण्ड बनाई आगामी कार्यपालिकाको बैठकबाट पारित गरी पूर्ण रुपमा पूर्वाधार पुरा भए मात्र संचालन गर्न सकिने नत्र भने ती विद्यालयहरु समेत बन्द गरिने ।
- विना जानकारी बिदा स्वीकृत नगराई विद्यालयमा अनुपस्थित रहेका शिक्षकहरुको अनुपस्थित दिनको तलब कट्टा गरी विद्यालयको खातामा राखिने र केहि अस्वाभाविक रुपमा अनुपस्थित् रहेका शिक्षकहरुको तलव भत्ता रोक्का गरी थप कानुन बमोजिमको कारवाही अगाडी बढाउने ।