FAQs Complain Problems

प्रमुख समाचार

विद्यालय अनुगमन प्रतिवेदन : २०७४

नगर कार्यपालिकाको निर्णय अनुसार नगरपालिका भित्रका ६१ वटा सामुदायिक र १६ वटा सस्थागत विद्यालयहरु र केहि बालविकास केन्द्रहरुको स्थलगत रुपमा अनुगमन गरी दरबन्दी मिलान, विद्यालय मर्ज, कक्षा घटाउने वा थप गर्ने लगायतको कार्य गर्ने गरी निमित्त प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा शिक्षा शाखा संयोजक, स्रोतव्यक्ति र प्रशिक्षकसहित चार सदस्य टोलिले करिब एक महिनाको समय लगाई तयार पारेको प्रतिवेदन नगर शिक्षा समितिले केहि सुझाव सहित पारित गरी आगामी नगर कार्यपालिकाको बैठकमा पेश गर्ने निर्णय गरियो । प्रतिवेदन सम्बन्धमा केहि सल्लाह सुझाव भए यहि फाल्गुन २४ गते भित्र नगरपालिकामा लिखित रुपमा पेश गर्नुहुन सबैको जानकारीको लागि अनुरोध छ । प्रतिवेदनमा उल्लेख भए अनुसार

  • ६१ वटा सामुदायिक विद्यालयहरुमध्ये ९ वटा पूर्ण रुपमा मर्ज, १६ वटाको कक्षा घटाउने र बाकि विद्यालयहरुलाई यथावत राख्ने ।
  • अनुमति नलिई संचालनमा रहेका १६ संस्थागत विद्यालयहरुमध्ये १४ वटालाई बन्द गर्ने । बाकि २ वटालाई संस्थागत विद्यालय संचालन सम्बन्धि मापदण्ड बनाई आगामी कार्यपालिकाको बैठकबाट पारित गरी पूर्ण रुपमा पूर्वाधार पुरा भए मात्र संचालन गर्न सकिने नत्र भने ती विद्यालयहरु समेत बन्द गरिने ।
  • विना जानकारी बिदा स्वीकृत नगराई विद्यालयमा अनुपस्थित रहेका शिक्षकहरुको अनुपस्थित दिनको तलब कट्टा गरी विद्यालयको खातामा राखिने र केहि अस्वाभाविक रुपमा अनुपस्थित् रहेका शिक्षकहरुको तलव भत्ता रोक्का गरी थप कानुन बमोजिमको कारवाही अगाडी बढाउने ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: