FAQs Complain Problems

प्रमुख समाचार

विद्यालय ठाउँसारी सम्बन्धी सिफारिस

क्षतिपुर्ति

मनासिव कारणविना सेवाग्राहीले कूनै पदाधिकारी वा कर्मचारीको कारण समयमै सेवा प्राप्त हून नसकी हानी नोक्सानी भएमा हानी नोक्सानी भए वापतको क्षतिपुर्ति सूशासन ऐन, २०६४ तथा सूशासन नियमावली, २०६५ अनूसार सम्बन्धित पदाधिकारी वा कर्मचारीबाट प्राप्त गर्नेछन् ।

लाग्ने समय: 
सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

- विद्यालयको ठाउंसारीको लागि निवेदन
- विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपि
- स्थनीय तहको नामको नविकरण सहितको व्यवसाय दर्ता प्रमाणपत्र
- चालू आ.व. सम्मको सरी जाने ठाउं र हालको ठाउं दूवैको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद
- स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि
- निरीक्षण प्रतिवेदन
- सरी जाने ठाउंको वडा कार्यालयको अनूमतिपत्र

प्रक्रिया: 

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनूसार सर्जमिन मूचूल्का तयार गरी सिफारिस तयार गर्ने
- निवेदकले तोकिएको शूल्क बूझाउने
- चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
- कानूनी जटिलता भएको देखिएमा कानूनी राय लिईनेछ ।