FAQs Complain Problems

प्रमुख समाचार

अ‌ंगीकृत नागरिकता सिफारिस

क्षतिपुर्ति

मनासिव कारणविना सेवाग्राहीले कूनै पदाधिकारी वा कर्मचारीको कारण समयमै सेवा प्राप्त हून नसकी हानी नोक्सानी भएमा हानी नोक्सानी भए वापतको क्षतिपुर्ति सूशासन ऐन, २०६४ तथा सूशासन नियमावली, २०६५ अनूसार सम्बन्धित पदाधिकारी वा कर्मचारीबाट प्राप्त गर्नेछन् ।

लाग्ने समय: 
सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँका कर्मचारी
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

- निवेदन पत्र र अंगीकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
- साविक मूलूकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पूष्टि गर्ने कागजातहरु
- नेपालमा १५ वर्षदेखि कूनै व्यवसाय वा काम गरी बसेको प्रमाणपत्रको प्रतिलिपि
- बैबाहिक अंगिकृतका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारीक प्रमाणपत्र
- नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु
- पासपोर्ट साईजको फोटो ३ प्रति
- चालु आ.व. सम्मको मालपोत

प्रक्रिया: 

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- निवेदन दर्ता गर्ने
- तोकिएको कर्मचारीले आवश्यकता अनूसार सर्जमिन मूचूल्का तयार गरी सिफारिस तयार गर्ने
- निवेदकले तोकिएको शूल्क बूझाउने
- चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
- कानूनी जटिलता भएको देखिएमा कानूनी राय लिईनेछ ।