प्रमुख समाचार
अनिवार्य अवकाश प्राप्त ना.सु. श्री कपिलदेव शर्माको बिदाई कार्यक्रममा नगरपालिका कार्यालयका कर्मचारीहरु
आदरणीय अग्रज,अभिभावक तथा एक आदर्श व्यक्तित्व श्री कपिलदेव शर्मा निजामति सेवाबाट औपचारिक रुपमा अनिवार्य अवकाश तथा यस कार्यालयबाट बिदाई हुनु भएकोमा अबका बाँकी दिनहरु सफल र सुखमय रुपमा बितोस भन्दै उहाँको सु-स्वास्थ्य तथा दीर्घायुको कामना गर्दछौँ ।
रामबहादुर के.सी.
नि.प्रमुख प्रशासकीय अधिकृत
तथा
समस्त नगरपालिका परिवार रुकुम (पश्चिम)।
----------------------------------------------
यस आठविसकोट नगरपालिकाका नायब सुब्बा श्री कपिलदेव शर्माको अनिवार्य अवकाश प्रश्चात नगरपालिकाले उहाँलाई औपचारिक रुपमा बिदाई गरेको छ । विभिन्न कालखण्डमा आफ्नो इमान्दारीता प्रस्तुत गर्दै ३३ (तेत्तीस) वर्षको सेवा अवधी पार गर्दै गर्दा उहाँले अनिवार्य अवकाश प्राप्त गर्नु भएको हो । २०३५ सालमा अस्थायी रुपमा निजामति सेवामा प्रवेश गर्दै २०४२ सालमा स्थायी हुनुभएको थियो । गृह जिल्ला जाजरकोटबाट सेवा सुरु गर्दै २०४९ सालमा रुकुममा प्रवेश गर्नु भएको लगतै २०४९ सालमै सल्यान प्रवेश गर्नुभएका शर्मा २०५४ सालसम्म सल्यानका स्थानीय तहमा कार्यरत रहनुभयो । त्यसपछी २०५५ सालदेखी २०६२ सम्म सुर्खेत, २०६३ मा बर्दिया, २०६४ मा डोल्पा हुँदै पनु: २०६५/०६६ देखि रुकुम जिल्लाको आठविसडाँडागाउँ र आठविसकोट गा.वि.स. लाई कार्यक्षेत्र बनाई नगरपालिका स्थापनामा महत्वपुर्ण भुमीका निर्वाह गर्दै २०७३ साल फाल्गुन २८ देखी चैत्र ८ गतेसम्म नगरपालिकाको नि.प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै हालसम्म यस नगरपालिकाको कार्यालयमा प्रशासन उपशाखा, सार्वजनिक खरिद तथा सम्पति व्यवस्थापन उपशाखा लगायत आवश्यकता अनुसार अन्य शाखाहरुको जिम्मेवारी सम्हाल्नुको साथै सूचना अधिकारीको भुमीका पनि निभाउनु भएको थियो । ३३ वर्षको निजामति सेवा अवधीभर स्थानीय तहमै आफ्नो कार्यक्षेत्र बनाउदा उहाँले गरेका कार्यहरु र आम जनतालाई सार्वजनिक सेवा प्रवाह सुस्त दुरुस्त गरेको काम अवस्मरणीय रहेको पाइन्छ ।