FAQs Complain Problems

प्रमुख समाचार

सूचना तथा समाचार

प्रेस नोट

यस नगरपालिकामा नगर कार्यपालिकाको बैठक मिति २०७४/१०/०५ गतेका दिन नगरप्रमुख श्री गोर्ख बहादुर के.सी. को अध्यक्षतामा बस्यो । उक्त बैठकले गरेका निर्णयहरु देहाय बमोजिम रहेको व्यहोरा अनुरोध छ ।

१.    नगरपालिका क्षेत्रका उद्योग तथा उद्यमशीलता प्रवद्र्धन कोष सञ्चालन तथा व्यवस्था सम्बन्धी कार्यविधि, २०७४ मा सामान्य हेरफेर गरी आगामी नगरसभाबाट अनुमोदन गर्ने गरी सर्वसम्मतिबाट पारित गरियो । नगरपालिका भित्रको उद्योग तथा उद्यमशीलता प्रवद्र्धन गर्न नगर प्रमुखको संयोजकत्वमा अन्य सदस्यहरु पछि थप्ने गरी हाललाई ६ सदस्यीय नगर उद्योग तथा उद्यमशीलता प्रवद्र्धन समिति गठन गरियो ।
२.    आठविसकोट नगरपालिकाको नगर प्रहरी विनियमावली, २०७४ आगामी नगरसभाको बैठकमा पेश गर्ने गरी छलफलका लागि अनुमोदन गरियो ।
३.    आठविसकोट नगरपालिकाको कर्मचारी प्रोत्साहन भत्ता सम्बन्धी मापदण्ड, २०७४ आगामी नगरसभाको बैठकमा पेश गर्ने गरी छलफलका लागि अनुमोदन गरियो ।
४.    आठविसकोट नगरपालिकाको शिक्षा ऐन, २०७४ आगामी नगरसभाको बैठकमा पेश गर्ने गरी छलफलका लागि अनुमोदन गरियो ।
५.    स्थानीय सवारी तथा यातायात व्यवस्था कार्यविधि, २०७४ सर्वसम्मतिबाट पारित गरी नगर प्रमुखको संयोजकत्वमा अन्य सदस्यहरु पछि थप्ने गरी हाललाई ५ सदस्यीय नगर यातायात व्यवस्थापन समिति गठन गरियो ।
६.    नगर विकास कार्यविधि, २०७४ सर्वसम्मतबाट पारित गरी  जनक बटालाको अध्यक्षतामा अन्य सदस्यहरु पछि थप्ने गरी  हाललाई ९ सदस्यीय नगर विकास समिति गठन गरियो ।
७.    यस नगरपालिकाका सबै वडाहरुमा भएका योजनाहरुको जाँचपासका लागि वडामा जाँचपास समिति गठन गर्ने, योजनाको अन्तिम भुक्तानी दिँदा जाँचपास समिति, वडा कार्यालयको सिफारिस र नगर स्तरीय अनुगमन मूल्याकंन तथा प्रतिवेदन समितिको सिफारिस अनिवार्य रुपमा आवश्यक पर्ने निर्णय गरियो ।
८.    यस नगर कार्यपालिकाको प्रवक्ता १० नंं. वडाध्यक्ष एवं् नगर कार्यपालिकाका सदस्य श्री गंगाराम चनारालाई तोकियो ।
९.    क्यान्सर रोग पिडीत बाँफिकोट गाउँपालिका वडा नं. ८ (साविक दुली ६) स्थायी ठेगाना भएका प्रिथ बहादुर खत्रीलाई रु. ४०,०००।– आर्थिक सहायता दिने निर्णय गरियो ।
१०.    आठविसकोट नगरपालिका वडा नंं. ७ का नवीन परियारको आर्थिक अवस्था दयनीय भई कलेजको शूल्क तिर्न नसकी Lab Assistant उत्तीर्णको प्रमाणपत्र प्राप्त गर्न नसकेकाले रु. ४५,०००।– आर्थिक सहायता दिने निर्णय गरियो ।
११.    यस नगरपालिका अन्तरगतका १४ वटै वडाका सामाजिक सुरक्षा भत्ता पाउन योग्य एवं् इच्छुक ज्येष्ठ नागरिक लाभग्राहीलाई अभिलेख अनुसार खरिद भएको ज्याकेट वडा कार्यालय मार्फत वितरण गरी सोको भर्पाइ नगरपालिकामा पेश गर्ने निर्णय गरियो ।
१२.    आठविसकोट नगरपालिकाको शिक्षा शाखामा कार्यालय सहयोगीको रुपमा आठविसकोट नगरपािलका वडा नं. ११ स्थायी ठेगाना भएका श्री रतीभान नेपालीलाई अर्को व्यवस्था नभएसम्मका लागि करारमा नियुक्ति गर्ने निर्णय गरियो ।

 

गोर्ख बहादुर के.सी.
नगर प्रमुख

 

सुचाना

श्री सरोकारवाला सबै ।

प्रस्तुत विषयमा यही मिति २०७४÷०९÷२८ गतेको नगरपालिका र यातायात समिति, संस्था, व्यवसायिहरुविचको बैठकको निर्णय तथा नगरपालिकाको नीति अनुसार नगरपालिका क्षेत्रभित्रको सार्वजनिक यातायातलाई मर्यादित, व्यवस्थित एवं. भरपर्दो बनाउन तपसिल बमोजिम गर्नु गराउनु हुन सरोकारवाला सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल
१. नगरपालिका क्षेत्रभित्र सार्वजनिक सवारी साधन संचालन गर्न चाहने समिति, संस्था वा व्यक्तिहरु नगरपालिकामा दर्ता एवं. सूचीकृत हुनुपर्नेछ ।
२. नगरपालिका क्षेत्रभित्र संचालन हुने लामो, मध्यम र छोटो दूरीका सम्पूर्ण सवारी साधनहरुले नगरपालिकाबाट बाटो इजाजत लिनुपर्नेछ ।
३. बुँदा नं. १ र २ मा उल्लेख भए बमोजिमको कार्य नगरी कुनै व्यक्ति, संस्था वा समितिले सवारी साधन संचालन गरेको पाईएमा कानून बमोजिम शक्त कारवाही गरिनेछ । साथै स्थानीय प्रशासनलाई सोही अनुसार प्रत्राचार गरिएकोले दर्ता तथा इजाजतविनाका समिति एवं. सवारी साधनहरु संचालन नगर्नु नगराउनु हुन समेत सचेत गराईन्छ ।
४. नगरपालिकाले तोकेको स्थानमामात्र टिकट काउन्टर राख्नुपर्नेछ । जथाभावी पार्किङ गरेको वा रोकेको पाईएमा पार्किङ वा रोकिएको सवारी साधन नगरपालिकाले जफत समेत गर्नेछ ।
...........................
रामबहादुर के.सी.
नि. प्रमुख प्रशासकीय अधिकृत

Pages