FAQs Complain Problems

प्रमुख समाचार

व्यवसाय बन्द सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

- आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र
- नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- चालू आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल
- घरबहाल सम्झौतापत्रको प्रतिलिपि
- स्थलगत प्रतिवेदन
- विदेशीको हकमा परिचय खूल्ने कागजात वा सम्बन्धित दूतावासको पत्र
- आफ्नै घर भए चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

प्रक्रिया: 

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनूसार सर्जमिन मूचूल्का तयार गरी सिफारिस तयार गर्ने
- निवेदकले तोकिएको शूल्क बूझाउने
- चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
- कानूनी जटिलता भएको देखिएमा कानूनी राय लिईनेछ ।