FAQs Complain Problems

प्रमुख समाचार

योजना/कार्यक्रम सम्झौता

लाग्ने समय: 
सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
नगर प्रमूख/कार्यकारी अधिकृत/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फांटका कर्मचारी
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

 

- तोकिएको ढाँचामा निवेदन

- सम्बन्धित वडा कार्यालयको सिफारिस

- आमभेलाबाट उपभोक्ता समिति (७ देखि ११ सदस्यीय) तथा अनूगमन तथा सहजीकरण समिति (५ सदस्यीय) गठन गरेको आमभेलाको बैठकको निर्णय

- सम्झौता गर्ने भनि उपभोक्ता समितिले गरेको निर्णयको प्रतिलिपि

- उपभोक्ता समितिमा रहने पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

- उपभोक्ता समिति तथा अनूगमन तथा सहजीकरण समितिमा रहने पदाधिकारीले चालू आ.व. सम्मको मालपोत तथा एकीकृत सम्पत्ति कर र अन्य कर तिरेको रसिद वा एकीकृत कार्ड

प्रक्रिया: 

सेवा सूविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

- नगर प्रमूख/कार्यकारी अधिकृतले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

- निवेदन दर्ता गर्ने

- तोकिएको कर्मचारीले आवश्यकता अनूसार सर्जमिन मूचूल्का तयार गरी सिफारिस तयार गर्ने

- निवेदकले तोकिएको शूल्क बूझाउने

- चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

- कानूनी ज६िलता भएको देखिएमा कानूनी राय लिईनेछ ।