FAQs Complain Problems

प्रमुख समाचार

दूवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारिस/ फरक जन्ममिति संशोधन सिफारिस

क्षतिपुर्ति

मनासिव कारणविना सेवाग्राहीले कूनै पदाधिकारी वा कर्मचारीको कारण समयमै सेवा प्राप्त हून नसकी हानी नोक्सानी भएमा हानी नोक्सानी भए वापतको क्षतिपुर्ति सूशासन ऐन, २०६४ तथा सूशासन नियमावली, २०६५ अनूसार सम्बन्धित पदाधिकारी वा कर्मचारीबाट प्राप्त गर्नेछन् ।

लाग्ने समय: 
सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- नाम फरक परेको पूष्टि गर्ने प्रमाणित कागजातहरु
- चालू आ.व. सम्मको - मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद, कर निर्धारण भएको कागजात
- सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नूपर्ने
- आवश्यकता अनूसार स्थानीय प्रहरी सर्जमिन मूचूल्काको प्रतिवेदन माग गर्न सकिने

प्रक्रिया: 

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- निवेदन दर्ता गर्ने
- तोकिएको कर्मचारीले आवश्यकता अनूसार सर्जमिन मूचूल्का तयार गरी सिफारिस तयार गर्ने
- निवेदकले तोकिएको शूल्क बूझाउने
- चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
- कानूनी जटिलता भएको देखिएमा कानूनी राय लिईनेछ ।