FAQs Complain Problems

प्रमुख समाचार

नयां व्यवसाय दर्ता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

 

- निवेदन पत्र

- नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

- विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दूदातवासको निजको परिचय खूल्ने सिफारिस

- २ प्रति फोटो

- घर बहाल सम्झौता

- आफ्नै घर टहरा भए चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद

- स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

प्रक्रिया: 

सेवा सूविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

- निवेदन दर्ता गर्ने

- तोकिएको कर्मचारीले आवश्यकता अनूसार सर्जमिन मूचूल्का तयार गरी सिफारिस तयार गर्ने

- निवेदकले तोकिएको शूल्क बूझाउने

- चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

- कानूनी जटिलता भएको देखिएमा कानूनी राय लिईनेछ ।