FAQs Complain Problems

प्रमुख समाचार

प्राय सोधिने प्रश्नहरु

जन्मिएको साल र महिना खुलेको तर गते नखुलेको भए उल्लिखित महिनाको मसान्त र सालमात्र खुलेको वा उमेर मात्र उल्लेख भएको भए सम्बन्धित वर्ष(साल) को चैत्र मसान्तलाई आधार मानी जन्म मिति गणना गरिनेछ ।

नेपाली नागरिकताको प्रमाणपत्रको उमेरलाई आधार लिइनेछ ।

पाउदैनन, एक आर्थिक वर्षको बजेट अर्को आर्थिक वर्षको नमिल्ने अर्थात फ्रिज हुने र त्यस्तो रकम नेपाल सरकारको ढुकुटी(राजस्व) मा फिर्ता भई दाखिला हुन्छ ।

सामाजिक सुरक्षा भत्ता पाउनको लागि जेष्ट नागरिकहरुले हरेक आ.व. को श्रावण देखि मंसिर १५ गतेसम्म  सम्बन्धित वडा कार्यालय वा नगरपालिकामा निवेदन दिनु पर्दछ । तर एकल महिला, बिधुवा अपांगता भएका व्यक्तिहरु तथा दलित बालबालिकाहरुको हकमा जहिले सुकै समयमा निवेदन दिन सकिन्छ ।

आठविसकोट नगरपालिकाको कुल क्षेत्रफल ५६०.३४ वर्गकिलोमिटर रहेको छ । यो नगरपालिका रुकुम पश्चिमको सबैभन्दा बढि जनसङ्ख्या र क्षेत्रफल भएको स्थानीय तह हो ।

  आठविसकोट नगरपालिकाको कुल जनसंख्या ३३,६०१ (जनगणना २०६८ अनुसार)  र हाल ४०,००० भन्दा माथि रहेको छ अनुमान गरिएको छ ।

प्रहरी सर्जिमिन मुचुल्का, सम्बन्धित वडाको सिफारिस सहित निवेदन दर्ता गर्ने, तोक लगाउने र स्थानीय तहले तोकिएको सहायता उपलब्ध गराउने र राहतको लागि सम्बन्धित निकायमा पहल गर्नेछ ।

उत्तर: १) आवश्यक कागजात सहित निवेदन दर्ता गर्ने २) तोक लगाउने ३) सम्बन्धित शाखाले दर्ता गरी प्रमाणपत्र/सिफारिस उपलब्ध गराउने ।

उत्तर: नगरपालिकाबाट जन्मदर्ता, मृत्युदर्ता बसाइसराई, सामाजिक सुरक्षा प्रमाणपत्र तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ साथै गैरसरकारी संस्था दर्ता, प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुविधा प्रदान गरिन्छ ।

उत्तर: नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने रुकुम (पश्चिम) जिल्लाको पश्‍चिम उत्तर भागको आठविसकोट राडीज्युलामा आठविसकोट नगरपालिका अवस्थित छ l

Pages