घटना दर्ता (जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइसरार्इ) समयमै गराैँ । मापदण्ड बमाेजिम नक्सापास गरेर मात्र निर्माण कार्य गराैँ । सडकपेटी अतिक्रम गरी व्यापार व्यवसाय नगराैँ । सार्वजनिक स्थल, मठ मन्दिर, बाटाे घाटाेमा रगतजन्य पदार्थ तथा फाेहाेर नफाली वातावरण स्वच्छ राखाैँ । खाेला नालामा सेफ्टी ट्याङ्कीकाे निकास नपठाअाैँ । नगरपालिकाकाे विकास निर्माण कार्यमा सक्रिय सहभागी हाैअाैँ । अाफुले तिर्नुपर्ने कर दस्तुर समयमै बुझाअाैँ । प्लाष्टिक झाेलाकाे प्रयाेग नगराैँ । सार्वजनिक जग्गाहरुकाे स‌ंरक्षण गराैँ । नगरपालिकालाई नमुना नगर बनाउन अा-अाफ्नाे तर्फबाट पहल गराैँ ।

आठविसकोट नगरपालिकाको संक्षिप्त परिचय

आठविसकोट नगरपालिका नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठीत गाउँपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्येको छ नं. प्रदेश अन्तर्गतको रुकुम जिल्लामा पर्ने एक स्थानीय तह हो । साविकका स्यालाखदी, गोतामकोट, आठविसकोट, आठविसडाँडागाउँ, घेत्मा गा.वि.स. र साविकको मग्गा गा.वि.स.का वडा नं. ७ र ८ समायोजन भई यस नगरपालिकाको निर्माण भएको हो ।
यस नगरपालिकाको कूल क्षेत्रफल ५६०.३४ वर्गकिलोमिटर रहेको छ । यहाँको कूल जनसंख्या ३३,६०१ (जनगणना २०६८ अनुसार) रहेको छ । यस नगरपालिकामा १४ वटा वडा रहेका छन् । यो रुकुम जिल्लाकै सबैभन्दा बढी जनसंख्या तथा क्षेत्रफल भएको नगरपालिका हो । आठविसकोट नगरपालिका वडा नं. ९ स्थित राडीज्यूलामा नगरपालिकाको केन्द्र अवस्थित रहेको छ । ठूलोभेरी नदीको किनारामा अवस्थित यस राडिज्यूला आठविसकोट नगरपालिका क्षेत्रभित्रका व्यापारिक क्षेत्रमध्ये एक मुख्य क्षेत्र हो । छिमेकी जिल्ला डोल्पासँगसमेत सिमाना जोडिएको यस नगरपालिकाको केन्द्रमा अवस्थित राडीज्यूला डोल्पा जिल्लाको लागि समेत व्यापारिक स्थल हो । गिजागाडखोला तथा ठूलीभेरीको काखमा अवस्थित यो ज्यूलाको वरीपरी पहाडले घेरेर झण्डै उपत्यका बनाएको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
‘समृद्ध शहरको रहर, स्वच्छ, सफा र शान्त आठविसकोट नगर’ भन्ने मूल नारालाई आत्मासात गर्दै यस नगरपालिका क्षेत्रको समृद्ध, समुन्नति र विकासको लागि सिंगो नगरपालिका परिवार एकतावद्ध ढङ्गले अगाडी बढिरहेको छ । नगरपालिका क्षेत्रभित्रका महिला, आदिवासी जनजाती, दलित, अपाङ्गजस्ता वर्ग र क्षेत्रको आर्थिक र सामाजिक उनन्यनको लागि नगरपालिका कटिवद्ध रहेको छ ।