*रोजगारीको अवसर*
आठविसकोट नगर कार्यपालिकाबाट २५ शैयाको नगर अस्पताल स्थापना र सञ्चालन सम्बन्धी कार्यविधि, २०७५ र आठविसकोट नगर अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७५ पारित भएसँगै नगर अस्पतालको लागि स्वीकृत दरवन्दीमध्ये देहायका पद र संख्यामा करार सेवामा खुला विज्ञापनबाट कर्मचारी भर्ना गर्ने निर्णय भएको व्यहोरा जानकारी गराउँदछौं ।
प्रमुख समाचार
सूचना तथा समाचार
यस नगरपालिकाको लागी छुट्याइएको पुर्ण छात्रवृत्ति कोटामा विभिन्न प्राविधिक विषयमा पढ्न इच्छुक नगरपालिका भित्रका SEE उत्तीर्ण भाईबहिनीहरुले यथाशीघ्र छात्रवृत्तिका लागी आवेदन फारम भर्नु हुन अनुरोध गरिन्छ ।
विषय ः विवरण उपलब्ध गराईदिने सम्बन्धमा ।
श्री सबै वडा कार्यालय,
आठविसकोट नगरपालिका, रुकुम (पश्चिम) ।
प्रस्तुत विषयमा आ.व. २०७४/०७५ मा तहाँ वडाबाट सम्पादन भएका मुख्य–मुख्य कार्यक्रमरक्रियाकलापहरुको विवरण सूचीकृत गरी ५ (पाँच) दिनभित्र यस कार्यालयमा उपलब्ध गराईदिनुहुन अनुरोध छ । नगरपालिकाको वार्षिक स्मारिका (जानकारीमुलक पुस्तिका) निर्माण प्रयोजनको लागि विवरण माग गरिएकाले तोकिएको अवधिभित्र विवरण प्राप्त नभएमा वडाको विवरण स्मारिकामा नसमेटिने व्यहोरा समेत जानकारी गराईन्छ ।
राम बहादुर के.सी.
नि. प्रमुख प्रशासकीय अधिकृत
राजस्व दाखिला गर्ने सम्बन्धी सूचना
(प्रकाशित मिति ः २०७५/०३/२९)
आ.व. २०७४/०७५ मा मालपोत वापतको रकम बुझाउन बाँकी करदाता सेवाग्राहीले यहि मिति २०७५ असार मसान्तसम्म कर दाखिला नगरेमा आ.व. २०७५/०७६ मा २० प्रतिशत जरिवाना सहित कर तिर्नुपर्ने भएकाले सबैको जानकारीको लागी यो सूचना प्रकाशन गरिएको छ । सूचनामा उल्लेख भए अनुसार तोकिएको अवधीभित्र कर दाखिला गरी जरिवानाबाट बच्नुहुन समेत अनुरोध छ । थप जानकारीको लागि सम्बन्धीत वडा कार्यालय वा नगरपालिकामा सम्र्पक गर्नुहुन अनुरोध गरिन्छ ।






